फिदिम । तेस्रो पाँचथर गोल्डकपको उद्घाटन खेलमा गोल वर्षा गर्दै डिएफसी मोरङले विजयी सुरुवात गरेको छ ।
आइतबार बिहान सम्पन्न खेलमा मिसन युनाइटेड ताप्लेजुङविरुद्ध ६–१ गोलको फराकिलो अन्तरबाट मोरङले जीत निकालेको हो । हिजो वर्षाको कारण हुननसकेको खेल आज बिहान खेलाइएको थियो ।

खेलको १० औं मिनेटमा मोरङका आमन भिडामले गोल गर्दै सुरुवाती अग्रता दिलाए । १७ मिनेटमा पाएको पेलान्टीबाट सहज गोल गर्दै भिडामले मोरङको अग्रता दोब्बर पारे । २८ मिनेटमा रिबाउन्डमा आएको बललाइ गोल गर्दै भिडामले खेलमा ह्याट्रिक पुरा गरेका थिए ।

३९ औं मिनेटमा हेमन्त थापा मगरले गोल गरे । ५३ मिनेटमा भिडामले अर्को गोल थपे । ६५ मिनेटमा मोरङका संजोग राईले गोल गर्दै खेल ६–० को अवस्थामा पु¥याए ।
७० मिनेटमा मिसनका सन्त राईले गोल गरी खेलमा फर्कन खोजे पनि ताप्लेजुङ सफल भएन । खेलमा चार गोल गरेका मोरङका भिडाम म्यान अफ दि म्याच बन्दै नगद १० हजार प्राप्त गरे ।

आजै बिर्तामोड युनाइटेड र रेड हर्स इलामबीच दोस्रो खेल भइरहेको छ ।