बिर्तामोड । शारीरिक सुगठनप्रति सचेत युवाका लागि बिर्तामोडमा ‘गो फिट’ सञ्चालनमा आउँदैछ ।

अर्जुनधारा ७ का दुई युवाहरुको लगानीमा बुधबारदेखि बिर्तामोडको शनिश्चरेरोडमा ‘गो फिट’ सञ्चालनमा आउने भएको हो । करिब एक करोड रुपैयाँको लगानीमा अत्याधुनिक उपकरणसहित फिटनेश सेन्टर सञ्चालनमा ल्याइने सञ्चालक तुल श्रेष्ठले जानकारी दिए ।

कतिपय झापामै र कति बिर्तामोडका फिटनेश सेन्टरमा नभएका शारीरिक सुगठनका उपकरण ‘गो फिट’मा राखिएको श्रेष्ठले दाबी गरे ।

उनका अनुसार आधुनिक प्रविधिको डिजिटलाइज बेटल रोप, टीआरएक्स, घम स्मिथ मेसिन, लेग प्रेस र एसिस्ट चिन अफ गो फिटका आकर्षक उपकरण हुन् । ‘हामीले लेगका लागि मात्र ६ वटा उपकरण जोडेका छौँ’, उनले भने ।

अर्का सञ्चालक विवेक उप्रेतीका अनुसार एकै मूल्यमा दोहोरो सुविधा गो फिटले दिने बताए । ‘जिमका सामान महँगो भए पनि हामीले सेवा सस्तोमा दिने सोच गरेका छौँ’, उनले भने । उनका अनुसार एकै मूल्यमा बडी विल्डिङ र फिटनेशको सुविधा दिइनेछ ।

जिमप्रति युवाको बढ्दो क्रेज र स्वास्थ्यप्रति सचेत हुँदै गएकाले ९५ लाख रुपैयाँको लागतमा स्थापना गरिएको गो फिटमा दुई सिप्mट सञ्चालन हुने सञ्चालक श्रेष्ठले बताए । १२ वर्ष विदेशमा प्रशिक्षण दिएका श्रेष्ठसँगै महिलाका लागि सीता श्रेष्ठले प्रशिक्षण दिनेछन् ।

उद्घाटनका अवसरमा गो फिटले एक साताका लागि एड्मिसनमा २५ प्रतिशत छुट गर्ने भएको छ ।