बिर्तामोड / झापाको बिर्तामोडस्थित शनिश्चरेरोडमा अत्याधुनिक सामाग्री सहितको गो फिट नामक जिमखाना सञ्चालनमा आएको छ ।

बुधबार बिर्तामोड नगरपालिकाकी उप–मेयर पवित्रा महतरा प्रसाईले एक कार्यक्रमका बिच उक्त जिमखानाको रिबीन काटेर उद्घाटन गरेकी थिइन् ।

संचालनमा आएको जिमखानामा एकैचोटी २० जना भन्दा बढिले व्यायाम गर्न सक्ने यसका संचालकहरुले दाबी गरेका छन् ।

संचालनमा आएको जिमखानामा अहिलेसम्मकै अत्याधुनिक व्यायाम सामाग्रीहरु रहेको यसका संचालकहरुले बताएका छन् । यो जिमखानालाई लामो समय यस क्षेत्रमा काम गर्दै आएका तुलबहादुर श्रेष्ठ र विवेक उप्रेतीले संयुक्त रुपमा संचालनमा ल्याएका हुन् ।

करिब एक करोड रुपैंयाको लगानीमा संचालनमा आएको जिमखानामा व्यायाम गर्न आउनेहरुका लागि निकै सुविधायुक्त रहेको संचालक तुलबहादुर श्रेष्ठले बताए । ‘सुविधाको हिसाबले यो जिमखाना यस क्षेत्रकै नम्बर एक हो भन्दा फरक नपर्ला’, श्रेष्ठले भने, ‘यहाँ व्यायाम गर्न आउनेहरुले यो कुरा महशुस गर्न सक्नेछन् ।’

उद्घाटन कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होम प्रसाद अधिकारी, स्थानीय बयोबृद्ध लक्ष्मीप्रसाद निरौला लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन कुमार उप्रेतीले गरेका थिए ।