झापा । भारतको चर्चित कबड्डी लिग प्रो कबड्डीमा दुई नेपाली खेलाडी अक्सन भएकाा छन् । नेपाली राष्ट्रिय टिमको कप्तानी गरिसकेका सञ्जय श्रेष्ठ र राष्ट्रिय टिमबाट खेलिसकेका लालमोहर यादवलाई बैंगलुरु बुल्सले अक्सनमा लिएको हो ।

सोमबार मुम्बईमा सम्पन्न खेलाडी अक्सन प्रक्रियाअन्तर्गत दुबै खेलाडीलाई अघिल्लो संस्करणको विजेता टिम बुल्सले भारतीय १० लाख रुपैयाँमा अक्सन गरेको हो ।

कहाँबाट खेल्थे सञ्जय र लालमोहर ?

सञ्जय श्रेष्ठले सन् २०१४ देखि सुरु भएको प्रतियोगिताको पहिलो, दोश्रो र तेस्रो संस्करण जयपुरबाट खेलेका थिए भने चौथो र पाचौं संस्करण बैंगलुरु बुल्स तथा छैठौं संस्करण पुनेरी पल्टनबाट खेलेका थिए । सञ्जयलाई अघिल्लो संस्करणमा पुनेरी पल्टनले ८ लाख भारुमा अक्सन गरेको थियो ।

त्यस्तै, लालमोहर यादवले सन् २०१८ को एसियन गेम्समा नेपालको प्रतिनिधित्व गरेका थिए । दुबै खेलाडीहरु त्रिभुवन आर्मी क्लबबाट खेल्ने गर्छन् ।