पाँचथर। रुस्लान दर्शौ फाल्गुनन्द गोल्डकपकको आयव्याय सार्वजनिक भएको छ । बिहिबार फिदिममा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक फिदिम स्र्पोटिङ क्लबले प्रतियोगिता सकिएको ३ महिनापछि हिसाब सार्बजनिक गरेका हुन् ।

गत पुसमा समपन्न भएको फाल्गुनन्द गोल्डकपको दशौं संस्करणमा त्रिपन्न लाख बित्तिस हजार छ सय तिन रुपैँया आम्दानि भएको र उन्नपचास लाख उन्नत्तिस हजार दुई सय उनान्असी रुपैँया खर्च भएको प्रतिवेदनमा उल्लेख छ । जसमा चार लाख तिन हजार तिन सय बत्तिस रुपैँया नाफा भएको क्लबले जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतियोगितमा गेट टिककबाट मात्र १६ लाख ५३ हजार ३ सय उठेको क्लबका अध्यक्ष बिमल श्रेष्ठले जानकारी दिए । फाल्गुनन्द गोल्डकपको दशौं सस्करण गत पुष २१ गतेबाट ३० गते सम्म फिदिममा आयोजना भएको थियो ।

एन्फाले यो सिजनमा दिएको समय तालीकाकोे पहिलो गोल्डकपको रुपमा फाल्गुनन्द गोल्डकप रहेको थियो । गोल्डकपमा मोफसलका चर्चित क्लबहरु र ए डिभिजन सहित दश टिमको सहभागीता रहेको थियो ।

प्रतियोगितामा ए डिभिजन एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, ब्याइज युनियन क्लब, फ्रेन्डस क्लब र मोफसलका सुनसरी ११,झापा ११, मोरङ ११,कर्ण्सिं सोनाम स्मृति क्लब ताप्लेजुङ, आयोजक फिदिम स्र्पो्टिङ क्लबको सहभागी भएका थिए ।

फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको विजेताले उपाधि सहित नगद चार लाख र उपबिजेताले नगद दुई लाख प्राप्त गरेका थिए । दशौं फाल्गुनन्द गोल्डकपको उपाधि झापा ११ ले जितेको थियो ।