काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले नयाँ वर्ष २०७६ को अवसरमा आफ्नो योजना सार्वजनिक गरेको छ।

नयाँ वर्षको अवसरमा टेलिकले आफ्ना ग्राहकलाई २०० रुपैयाँको  प्याक उपलब्ध गराउने भएको छ। नेपाल टेलिकमले शुक्रबार विज्ञप्ति जारी गर्दै चैत ३० गतेदेखि वैशाख तीन गतेसम्म खरिद गर्नेगरी २०० रुपैयाँको प्याक किन्दा २०० रुपैयाँको प्याकअन्तर्गत  ग्राहकले २०० मिनेट फोन गर्न र २०० म्यासेज पठाउन सक्नेछन्।

त्यस्तै तीन जिबी बराबरको डाटा पनि टेलिकमले उपलब्ध गराएको छ।  *१४१५# डायल गरेर डाटा लिन पाउने व्यवस्था गरेको छ भने डाटा लिएको पाँच दिनसम्म प्रयोग गर्न सकिने म्याद राखिएको छ।