पाँचथर/ फिदिममा जारी वाइवाइ तेस्रो पाँचथर गोल्डकपको उपाधि भिड्न्तको लागी मोरङ र दार्जिलिङ आज  प्रतिस्पर्धा गर्दैछन् ।

चैत्र २३ गतेबाट सुरु भएको पाँचथर गोल्डकपको तेस्रो संस्करणको उपाधिको लागी मोरङको डागिहाट फुटबल क्लब र भारतको दार्जिलिङ युनाइटेडले प्रतिस्पर्धा गर्दैछन् । आज फिदिम माविको खेल मैदानमा उपाधि भिडन्त हुनेछ ।

दार्जिलिङ सेमिफाइनलमा ए डिभिजन क्लब हिमालयल शेर्पालाइ हराउदै फाइनल प्रबेश गरेको हो । मोरङले सेमिफाइनलमा विजय युथ क्लब हेटौंडालाई हराउँदै फाइनल भेट पक्का गरेको थियो ।

मोरङ प्रशिक्षक याकुब राईले उपाधिको लागी पाँचथर आएको बताए । दार्जिलीङ पनि राम्रो टिम भए पनि आफ्नो टिममा अनुभवि खेलाडीहरु भएको हुदाँ उपाधि जित्ने बताए । ‘पाँचथरको दर्शक र मैदानको साथ मोरङ रहने हुदाँ हामीलाई उपाधि लक्ष्यमा सहज हुनेछ,’ राई भने । मोरङका कप्तान विक्रम लिम्बुले दार्जिलिङलाई रोक्न आफुहरुको मिडफिल्डरहरु बलियो भएकाले डराउनु पर्ने अवस्था नरहेको बताए ।

यता दार्जिललि प्रशिक्षक फिरोज शेपाले नेपालमा दार्जिलिङको टिम पहिलो पटक फाइनल पुगेकालृ पनि आफ्नो टिम उत्साहित रहेको बताए । आफुहरु अन्तीम समय समय उपाधिको लागी मैदानमा प्रतिस्पर्धा गर्ने बताए ।

प्रतियोगितामा आयोजक सहित दश टिमको सहभागीता रहेको थियो । गोल्डकपको विजेताले उपाधि सहित ४ लाख र उपविजेताले दुई लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट एक जना खेलाडीले एक थान स्कुटर प्राप्त गर्नेछन् ।