फिदिम । तेस्रो पाँचथर गोल्डकपको उपाधि मोरङले चुमेको छ ।

सोमबार फिदिम माविको खेल मैदानमा भएको फाइनल खेलमा मोरङको डाँगीहाट एफसीले दार्जीलिङ युनाइटेडलाई ३–१ गोल अन्तरमा पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

मोरङका लागि हेमन्त थापा मगर, संजोग राई र विदेशी खेलाडी आरमान भिदुमले गोल गरे । दार्जीलिङका लागि करन राईले सान्त्वना गोल फर्काए । अहिले पुरस्कार वितरण भइरहेको छ ।