अर्जुनधारा । अब बन्ने भवन तथा घरलाई भूकम्पीय जोखिमबाट बचाउन सहर, गाउँ र टोलमा निर्माणकर्मी (डकर्मी)का लागि सीप अभिबृद्धि गराउने उद्देश्यले अर्जुनधारा नगरपालिकाले निःशुल्क तालिम सम्पन्न गरेको छ ।

नगरपालिकाको आयोजना र डाउनहिल कन्स्ट्रक्सन बिर्तामोडको प्राविधिक सहयोगमा सात दिने तालिम बुधबार सम्पन्न गरिएको नगरपालिकाका बरिष्ठ योजना अधिकृत हिमराज सेडाईले जानकारी दिए ।

तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख हरिकुमार रानाले अब बन्ने घर तथा भवन भूकम्प प्रतिरोधी हुनु जरुरी रहेकाले आफूले प्राप्त गरेको ज्ञानसीपलाई सर्वसाधारण तथा सार्वजनिकस्थलमा सदुपयोग गर्न सहभागीलाई सुझाव दिए ।

तालिम संयोजक अर्जुन घिमिरेले नेपालमा भूकम्पीय स्थितिबारे जानकारी गराएका थिए । उनले नगरमा रहेका डकर्मीहरुको आवेदन माग गरी मुख्य पेसा बनाएका ३५ जना डकर्मीलाई तालिम प्रदान गरिएको पनि बताए । सहभागीलाई नगर प्रमुख रानाले प्रमाणपत्र प्रदान गरेका थिए ।