झापा । देउमाइ गोल्डकपको उपाधि बिर्तामोडको रेड स्टार एफसीले जितेको छ ।

इलामको मंगलबारेमा आयोजित गोल्डकपको फाइनलमा इलामकै रेड हर्स एफसीलाई सडन डेथमा पराजित गर्दै रेड स्टारले उपाधि रक्षा गरेको हो । रेड स्टारको जीतमा ५–४ को स्कोरमा रेड हर्स पराजित भएको हो ।

निर्धारित खेल १–१ गोलको बराबरीमा पुगेपछि निर्णय लिन टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोल भएपछि खेल सडन डेथमा पुगेको हो ।

उपाधिसँगै रेड स्टारले नगद २ लाख २२ हजार २२२ सहित ट्रफी पाएको छ । उसका लागि बेस्ट गोलकिपर दिनेश थापामगर, सर्वाधिक गोलकर्ता शक्ति राई घोषितहुँदै नगद पुरस्कार पाए । इलामका लागि छिरिङ गुरुङले बेस्ट डिफेन्सको पुरस्कार पाए ।