काँकरभिट्टा । झापाको काँकरभिट्टामा जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपमा आजदेखि सेमिफाइनल खेल सुरु हुँदैछ । पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिसले सीएमजी संकटासँग प्रतिस्पर्धा गर्दैछ ।

अपरान्ह ४ बजे काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतिस्पर्धामा दुवै टोली जितका साथ कम्तीमा पाँच लाख एक हजार हजार सुरक्षित गर्न लक्ष्यका साथ मैदान उत्रिँदैछन् । जारी प्रतियोगितामा पुलिस पारो एफसी भुटानलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो भने संकटाले आयोजक मेची नेत्रालय काँकरभिट्टा फुटबल टे«निङ सेन्टरलाई हराउँदै अन्तिम चारमा पुगको थियो ।

सिजनको प्रर्दशनका आधार संकटामाथि पुलिस हाबी हुँदै आएको छ । यसअघिका दुई भेटमा पुलिस क्लबले विजय हासिल गरेको थियो । सिजनको सर्वाधिक राशिको गोल्डकपको उपाधि होडमा प्रवेश गर्न संकटामाथि टाइब्रेकरमा ५–४ गोल अन्तरले हराएको थियो । सो प्रतियोगिताको उपाधि थ्रीस्टारलाई हराउँदै पुलिसले जित्यो ।

पोखरामा सम्पन्न पोखरामा कपको प्रि–क्वाटरफाइनल खेलमा संकटा २–१ गोल अन्तरले निरिह बन्यो । गत मार्चमा आसाममा सम्पन्न चौथो सीईएम गोल्डकपमा सहभागिता जनाएको संकटा उपविजेता बनेको थियो । सेमिफाइनल प्रवेश गर्न संकटाले विमल घर्ती मगर सम्मिलित आयोजकलाई ४–१ गोलले हराएको थियो भने पुलिसले पारो एफसी भुटानलाई २–० हरायो ।

आगामी वैशाख २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार रुपैयाँ र उपविजेताले नगद ५ लाख १ हजार रुपैयाँ सहित ट्रफी पाउनेछन् ।