झापा । मोरङको मधुमल्लामा आयोजित दोस्रो मिक्लाजुङ अन्तर्राष्ट्रिय आमन्त्रित भेट्रान फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड भेट्रान फुटबल क्लबले जितेको छ ।

भारतको एकसहित आठ टिम सहभागी प्रतियोगिताको मंगलबार अबेर सम्पन्न फाइनल खेलमा बिर्तामोडले विराटनगरको हाम्रो भेट्रान क्लबलाई १–० गोलले पराजित गरेको हो । बिर्तामोडका लागि लिलु गिरीले गरेको गोल नै निर्णायक बन्यो । पहिलो गोल गरेका उनले नगद २ हजार पाए ।

बिर्तामोडले उपाधिसँगै नगद ५५ हजार पाएको छ । उपविजेता विराटनगरले नगद ३० हजारमा चित्त बुझायो । प्रतियोगिताकै उत्कृष्ट खेलाडी बिर्तामोडका नगेन्द्रमणि लिम्बू घोषित भए ।

त्यस्तै, उत्कृष्ट गोलकिपर बिर्तामोडका सुवास मेचे र बेस्ट डिफेन्स बिर्तामोडकै मोहन गुरुङ घोषित भए ।