काठमाडौं/ स्पेनिस बार्सिलोनाका अर्जे्न्टिनी फरवार्ड लिओनल मेस्सीले करिअरको नयाँ कोसेढुंगा पार गरेका छन् । ३१ वर्षीय उनले क्लब बार्सिलोनाका लागि ६०० गोलको कोसेढुंगा पार गरेका हुन् ।

सन् २००४ देखि बार्सिलोनाको सिनियर टोलीबाट खेलिरहेका मेस्सीले १५ वर्षको अन्तरालमा ६०० गोल पूरा गरे ।

युरोपियन च्याम्पियन्स लिगमा सेमिफाइनलअन्तर्गत नेपाली समयअनुसार बिहीबार बिहान सम्पन्न खेलमा इंग्लिस टोली लिभरपुलविरुद्ध २ गोल गरेसँगै मेस्सीले ६००औं गोलको आँकडा छोएका हुन् ।

आफ्नो घरमा भएको पहिलो लेगको सो खेल बार्सिलोनाले ३–० ले ले जितेको थियो । जहाँ मेस्सीले २ गोल गरे भने १ गोल लुइस स्वारेजले गरे ।

मेस्सीले १५ वर्षको अवधिमा बार्सिलोनाको सिनियर टोलीबाट कूल ६८३ खेल खेल्दै ६०० गोल पूरा गरेका हुन् । यसबाहेक मेस्सीले सन् २००४ अघि बार्सिलोनाको जुनियर टिमका लागि कूल २२ खेलबाट ६ गोल गरेका थिए ।

मेस्सी बार्सिलोनाका सर्वा्धिक गोलकर्ता र असिस्टकर्ता खेलाडी हुन् । त्यत्ति मात्रै हैन, उनी बार्सिलोनाका लागि सबैभन्दा बढी उपाधि जित्ने खेलाडी पनि हुन् ।