काठमाडौँ । नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरि खड्का उत्कृष्ट प्रशिक्षकका रुपमा सम्मानित भएका छन् ।

अखिल नेपाल फुटबल संघले आइतबार आयोजना गरेको एन्फा डेमा प्रशिक्षक खड्कालाई बेस्ट कोच अफ दी इयरको अवार्ड प्रदान गरेको हो । प्रशिक्षक खड्काले अवार्डसहित नगद एक लाख र एक थान मोटरसाइकल प्राप्त गरेका छन् ।

खड्का प्रशिक्षक रहँदा नेपाली महिला फुटबल टोलीले टोकियो ओलम्पिक २०२० को छनौटमा दोस्रो चरणमा पुगेको तथा साफ वुमन फुटबलमा उपविजेता बनेको भन्दै एन्फाले अवार्ड प्रदान गरेको हो ।