अर्जुनधारा । बिर्तामोड निवासी भावना अधिकारी ले आफ्नो जन्म दिन फरक ढंगले मनाएकी छिन् ।

उनले आज जन्मदिनमा अर्जुनधारा ६ मा रहेको अपाङ बाल सरोकार केन्द्रमामा फरक क्षमता भएका ७ जना बालबालिकालाई कपडा र मिठाइ वितरण गर्दै मनाएकी हुन् । यसअघिका जन्मदिन पनि उनले बृद्द आश्रममा मनाएको बताइन् ।

पछिल्लो समयमा युवा पुस्ताले आफ्नो जन्मदिनमा गरिने खर्च यस्तै कार्यमा लगाउँदै आएका छन् । उनको जन्मदिनमा आश्रित बालबालिकाले कपडा र मिठाई पाएपछि खुसी देखिएका थिए ।