बिर्तामोड । बिर्तामोड युनाईटेड तेस्रो नवकिरण हल्दिबारी गोल्डकप च्याम्पियन बनेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा न्यू स्टार क्लब खोपबारीलाई २–० गोलअन्तरले पराजित गर्दै बिर्तामोडले उपाधि चुमेको हो ।विजेता बनेको बिर्तामोड युनाईटेडले नगद ६० हजार १ सय ११ सहित ट्रफी प्राप्त ग¥यो । उपविजेतामा सिमीत बनेको न्यू स्टारले नगद ३० हजार १ सय ११ रुपैयाँमा चित्त बुझायो ।

हल्दिबारी नमुना माविको खेलमैदान सम्पन्न फाइनल खेलमा बिर्तामोड युनाईटेडले जितका दुवै गोल दोस्रो हाफ गर्न सफल भयो ।

बिर्तामोडलाई जित दिलाउन एञ्जल गुरुङ र विकेश लिम्बुले एकएक गोल गरेका हुन् ।नवकिरण स्पोर्टिङ क्लब हल्दिबारीले आयोजना गरेको प्रतियोगितामा झापाका विभिन्न ८ क्लबले सहभागीता जनाएका थिए ।