झापा । उपाधि भिडन्तमा आयोजक झापा एफसीले मोरङको लेटाङ एफसीलाई प्रतिस्पर्धी पाएको छ ।

पशुपति माविको मैदानमा जारी दोस्रो राजगढ गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा लेटाङले झापाको शनिश्चरे एफसीलाई ३–१ गोल अन्तरले पराजित गरेपछि आयोजकसँग भेट पक्का गरेको हो ।

लेटाङले पहिलो हाफमै जीत निश्चित गरेको थियो । उसले पहिलो हाफमा तीन गोलको अग्रता लिएको थियो । जसमा वीरेन्द्र लिम्बू, मौसम लिम्बू र साइमन लिम्बूले गोल गरेका थिए । शनिश्चरेका लागि अजय राजवंशीले सान्त्वना गोल गरे ।

लेटाङका वीरेन्द्र लिम्बू खेलको म्यान अफ दी म्याच घोषितहुँदै नगद २५ सय पाउन सफल भए । ८ टीम सहभागी गोल्डकपको फाइनल बुधबार हुनेछ ।

गोल्डकपको उपाधि विजेताले नगद एक लाख एक हजार पाउनेछ । उपविजेता टीमले नगद ५५ हजार पाउने आयोजकले जनाएको छ ।