काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका ४८ जिल्ला फुटबल संघहरुलाई यहि जेष्ठ तेस्रो सातादेखि क्वीक्स कप अन्तरविद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता आयोजना गर्न पत्राचार गरेको छ ।

एन्फाको पत्रमा उल्लेख भएअनुसार जिल्लास्तरीय प्रतियोगिता जेष्ठ २१ देखि असार ३१ सम्म सम्पन्न गरिसक्नुपर्ने बताइएको छ । त्यस्तै प्रदेशस्तरीय प्रतियोगिता श्रावण १९ देखि ३२ सम्म गरिसक्न पनि पत्रमा उल्लेख गरिएको छ ।

राष्ट्रिय स्तरको प्रतियोगिता भने असोज १ देखि ११ सम्म सम्पन्न गरिने पनि एन्फाले जनाएको छ । प्रतियोगिता सु–सम्पन्न गर्न आर्थिक सुविधा र नियमावली एन्फाले छिट्टै प्रदान गर्ने समेत जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजन नेपालको प्रतिष्ठित व्यापारीक घराना चौधरी ग्रुपले गर्नेछ । स्मरणीय छ, एन्फा र चौधरी ग्रुपबीच यहि बैशाख १६ गते प्रतियोगिता आयोजना गर्न सम्झौता भएको थियो ।