एजेन्सी । लिओनेल मेसीले करिअरको छैटौं पटक युरोपेली गोल्डेन बुट हात पारेका छन। मेसीले स्पेनिस ला लिगाका ३४ खेल खेल्दै ३६ गोल गरेका थिए ।

युरोपका लिगहरुमध्ये सर्वाधिक गोलकर्तालाई प्रदान गरिने अवार्डमा दोस्रो स्थानमा पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पे रहे । यो अवार्ड जित्ने होडमा रहेका एमबाप्पे अन्तिममा चुक्न पुगे ।

शुक्रबार राती भएको लिगको अन्तिम खेलमा राइम्ससँग ३-१ को हार बेहोर्दा एमबाप्पेले १ गोल मात्र गरेपछि उनलाइ पछि पार्दै मेसीले यो अवार्ड जितेका हुन।

मेसीले लगातार तेस्रो पटक जित्दा स्पेनिस लिगका खेलाडीले यो अवार्ड जिते यो लगातार ११ औं सिजन हो । यसअघि सन् २००७ र ०८ मा क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट ३१ गोल गर्दै अवार्ड जितेका थिए ।