सुनसरी । चारतारे क्लब लेटाङ मोरङ जारी सातौँ भलुवा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आयोजक गोल्डेन स्टार क्लब भलुवा सुनसरीसँग आइतबार भएको खेलमा चारतारेले ३–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । चारतारेका लागि खेलको १५औँ मिनेटमा विदेशी खेलाडी पेपेले गोल गरेर अग्रता दिलाएक थिए ।

म्यान अफ दी म्याच घोषित चारतारेका सुशिल राई खेलको ७३ र ८८औँ मिनेटमा व्यक्तिगत दुई गोल गरेर जीत निश्चित बनाए । उनले म्यान अफ दी म्याचवापत नगद ५ हजार पाउन सफल भए ।

भोलि सोमबारको तेस्रो क्वाटरफाइनल खेल संयुक्त युवा क्लब सिमरिया सुनसरीविरुद्ध गोधुली एफसी धरानबीच हुनेछ । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ५० हजार पाउनेछ ।