झापा । मलेसिया विरूद्दको मैत्रीपुर्ण खेलका लागि झापाका दुई खेलाडीले सुरुवाती ११ मा स्थान बनाउन सफल भएका छन् ।

नेपाली राष्ट्रिय टोलीको रक्षकका रुपमा झापाका देवेन्द्र तामाङ र अनन्त तामाङ पहिलो रोजाइमा परेका हुन् । मैत्रीपूर्ण खेलमा विमल रानाले पनि सुरूवाती ११ मा स्थान बनाएका छन ।

मलेसियाको बुरीत जालिल रंगशालामा पौने आठ बजेबाट सुरू हुने खेलमा नेपाली टोलीको अग्रपंक्ति नवयुग श्रेष्ठ र विमल रानाले सम्हाल्ने छन् ।

नेपाली टिमको गोलपोस्ट पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङले सम्हाल्नेछन् । झापाका देवेन्द्र र अनन्तसँगै डिफेन्डर रञ्‍जित धिमाल र विराज महर्जन पनि रक्षापंक्तिमा रहेका छन् ।

त्यस्तै, पहिलो रोजाइका मिडफिल्डरमा रवी पासवान, रोहित चन्द, बिक्रम लामा र सुजल श्रेष्ठ रहेका छन् भने अग्रपंक्तिमा विमलसँगै नवयुग श्रेष्ठ रहेका छन् ।