झापा । रेड स्टार एफसी बिर्तामोडले आयोजना गरेको प्रथम बिर्तामाड गोल्डकपमा मुनाल क्लब चन्द्रगढीले पूर्वेली युवा क्लब बिर्तामोडसँग आज भिड्दैछ ।
डोमालाल राजवंशी रंगशालामा अपराह्न ४ बजे आज तेस्रो क्वाटरफाइनल खेलका लागि दुई झापाली टोलीबीच रोमाञ्चक भिडन्त हुने अपेक्षा लिइएको छ । यसअघि जलथल एफसी झापा र पाञ्चायन एफसी सुनसरी सेमिफाइनलमा पुगिसकेका छन् ।
यो गोल्डकपको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले नगद ७५ हजार १११ रुपैयाँसहित ट्रफी पाउनेछ । गोल्डकपलाई एसियन थाइ फुड्सको उत्पादन रमपमले प्रायाजन गरेको छ भने बिर्तामोड नगरपालिकाले सहप्रायोजन गरेको आयोजक क्लबका सचिव प्रेमकृष्ण श्रेष्ठले जानकारी दिए ।