झापा । गत जेठ २१ गतेदेखि डोमाला राजवंशी रंगशालामा सञ्चालन भइरहेको प्रथम बिर्तामोड गोल्डकप २०७६ फुटबल प्रतियोगिताको फाइनल आज हुँदैछ ।

बिर्तामोडस्थित डोमाला राजवंशी रंगशालामा दिउँसो ३ बजे हुने फाइनल भिडन्तमा पूर्वेली युथ एफसी झापा र पाञ्चायन एफसी सुनसरीले प्रतिस्पर्धा गर्नेछन् । बिर्तामोडकै रेड स्टार एफसीले आयोजना गरेको बिर्तामोड गोल्डकपमा झापा, पाँचथर, इलाम, सुनसरी र मोरङका आठ वटा टिम सहभागी थिए ।

गोल्डकपको विजेताले नगद १ लाख ५१ हजार १११ र उपविजेताले नगद ७५ हजार १११ रुपैयाँसहित ट्रफी पाउनेछ । प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद तीन हजार पाउने गोल्डकपको सर्वाधिक गोलकर्तालाई ५ हजार दिने आयोजकले घोषणा गरेको छ ।

त्यस्तै, उत्कृष्ट रक्षक, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही ५-५ हजार पाउँदा खेलकै उत्कृष्ट खेलाडीले नगद १० हजार पाउने आयोजकले घोषणा गरेका छ । गतवर्ष जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको क्लबले एक वर्षभित्रमा एउटा फुटबल प्रतियोगिता गराउनुपर्ने प्रशासनको निर्देशन बमोजिम गोल्डकप आयोजना गरिएको सचिव प्रेमकृष्ण श्रेष्ठले बताए ।

यो क्लबले एक वर्षभित्रमा ४ वटा प्रतियोगिता जितेको छ भने तीन वटामा उपविजेता बनेको क्लबका अध्यक्ष राजकुमार बिकले बताए ।