झापा । क्रिकेट खेलाडीहरुको एक भेलाले झापा जिल्ला क्रिकेट संघको नयाँ नेतृत्व चयन गरेको छ ।

भेलाले सर्वसम्मतरुपमा प्रविण थापालाई अध्यक्षमा चयन गरेको छ । सोही भेलाले वीरु श्रेष्ठलाई उपाध्यक्ष, लाक्पा लामालाई सचिव र कोषाध्यक्षमा सचितआनन्द सुब्बालाई पनि सर्वसम्मत चयन गरेको छ ।

नेपाली महिला क्रिकेटकी कप्तान रुविना क्षेत्रीको उपस्थितिमा चयन गरिएको जिल्ला सदस्यमा नारद नेपाल, मनोज कटुवाल, कञ्चन उप्रेती, हितेन्द्रमान श्रेष्ठ, चोलानाथ गदाल, राजन भट्टराई, तुलसी कार्की, सुजता क्षेत्री, पे्रमा गुरुङ, गीता प्रसाई र जिवेश ओली रहेका छन् ।