झापा । फिफा विश्वकप महिला फुटबलमा जापान शीर्ष स्थानमा उक्लिएको छ ।
समूह डीमा रहेको जापानले इंग्ल्याण्ड र अर्जेन्टिनालाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । पहिलो खेलमा अर्जेन्टिनालाई गोल रहित बराबरीमा रोकेको जापानले शुक्रबार स्कटल्याण्डलाई २-१ ले पराजित गर्दै तालिकामा ४ अंक पुर्याएको छ ।
फ्रान्सको रोजन पार्कमा भएको खेलमा जापनले पहिलो हाफमै गरेको दुई गोल निर्णायक बन्यो । जापानकी सेजीले हेडर गरेको बललाई स्कटल्याण्डकी रिचेल क्रोसिले किलियर गर्न नसक्दा माना लावुचीले गोल गर्दै २२ औं मिनेटमा अग्रता दिलाएकी थिइन् । दोस्रो गोल भने जापानले पेनाल्टी मार्फत गरेको हो ।
स्कटल्याण्डकी डिफेन्डर रेचिलले जापानकी स्ट्राइकर युका सुगासवालाई फल गरेपछि पेनाल्टी दिइएको थियो । सोही पेनाल्टीलाई युकाले नै गोल गर्दै पहिलो हाफमा २-० को अग्रता बनाइन् । दोस्रो हाफमा स्कटल्याण्डले गोल फर्काउने प्रयास शुरुदेखि नै गरे पनि अन्त्यमा एक गोल फर्काएन सफल भयो ।
८८ औं मिनेटमा स्कटल्याण्डकी लाना किल्याण्डले गोल गर्दै जापानसँगको अग्रता २-१ झारे पनि हार टार्न भने सकिनन् । स्कटल्याण्ड यअसघि इंग्ल्याण्डसँग पनि पराजित भएको थियो ।