गाईघाट । छैटौँ उदयपुर गोल्डकपको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ टिमले विजयी सुरुवात गरेको छ ।

थरुहट रंगशालामा शनिबारदेखि सुरु गोल्डकपको उद्घाटन खेलमा न्यू स्टार फुटबल क्लब सुनसरीलाई २-१ गोलअन्तरले पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको सबै गोल दोस्रो हाफमा सम्भव भएको हो ।

एपीएफका लागि प्रविण स्याङतेनले दोस्रो हाफको १३औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए । २८औ मिनेटमा सुनसरीले गोल गरेर खेलमा बराबरी गरेको थियो । सुनसरीका लागि ओरेल इनामेले गोल गरेका थिए ।

तर, खेल सकिन २ मिनेट बाँकी रहँदा एपीएफका नविन लामाले गोल गर्दै अग्रता दोब्बर बनाएर जीत निश्चित गरेका थिए । खेलको म्यान अफ दी म्याच एपीएफका नविन लामा घोषित भए । उनले नगद ७ हजार पुरस्कार प्राप्त गरे ।

भोलि झापा ११ एफसी र आयोजक उदयपुर ११ एफसीबीच खेल हुनेछ । विजेताले नगद ५ लाख पाउनेछ ।