गाईघाट । छैटौँ उदयपुर गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलमा आज आइतबार मोफसलको चर्चित फुटबल टिम झापा ११ ले आयोजक उदयपुर ११ एफसीसँग भिड्दैछ ।

छैटौँ संस्करणको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ टिम सुनसरीलाई २–१ गोलमा पराजित गर्दै सेमिफाइनलमा पुगिसकेको छ ।

स्थानीय थरुहट रंगशालामा दिउँसो ३ः३० बजे हुने झापाविरुद्ध आयोजकको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । खेलको म्यान अफ दी म्याच बन्ने खेलाडीले नगद ७ हजार पुरस्कारस्वरुप पाउनेछ ।

आठ वटा टिम सहभागी गोल्डकपको विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाखसहित ट्रफी पाउनेछ ।