गाईघाट । छैटौँ उदयपुर गोल्डकपको दोस्रो क्वाटरफाइनलमा पाहुना टोली झापा ११ एफसीलाई पराजित गर्दै आयोजक उदयपुर ११ एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।

आजको खेलमा उदयपुरले १-० गोलअन्तरले झापा ११ लाई स्तब्ध पार्दै उदयपुरले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । उसका लागि दिपक गुप्ताले गरेको एकमात्र गोल निर्णायक बनेको थियो ।

पहिलो चरणबाटै बाहिरिएको झापा ११ ले हारसँगै आफ्ना समर्थकलाई निरश बनाएको छ । खेलको म्यान अफ दी म्याच उदयपुरका गोलकर्ता दीपक गुप्ताले नगद ७ हजार पुरस्कारस्वरुप पाए ।

छैटौँ संस्करणको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ टिम सुनसरीलाई २-१ गोलमा पराजित गर्दै सेमिफाइनलमा पुगिसकेको छ ।

स्थानीय थरुहट रंगशालामा सोमबार मोरङ ट्रेनिङ सेन्टर मोरङ र नेपाल पुलिस क्लबले तेस्रो क्वाटरफाइनल खेल खेल्नेछ । आठ वटा टिम सहभागी गोल्डकपको विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाखसहित ट्रफी पाउनेछ ।