गाइघाट । छैटौँ उदयपुर गोल्डकपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ टिमले जितेको छ ।

थरुहट उदयपुर रंगशालामा शनिबार भएको फाइनल खेलमा रुपन्देहीको गोर्खा ब्वाइजलाई १-० गोलले पराजित गर्दै उपाधि रक्षा गर्न सफल भयो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको दुवै टिमले कुनै गोल गर्न सकेनन् । दोस्रो हाफको पनि अन्त्यतिर मात्र गोल हुन पुग्यो । एपीएफका श्याम नेपालीले दोस्रो हाफको ३३औँ मिनेटमा गरेको प्रहारले गोर्खा ब्वाइजको जाली चुमेको हो।

एपीएफका श्याम नेपालीले २५ यार्डको दूरीबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । दोस्रो हाफमा आक्रामक बनेको गोर्खा ब्वाइजका खेलाडीले स्कोर भने गर्न सकेनन् ।

फाइनल विजेता एपीएफले नगद ५ लाख र ट्रफी पायो भने उपविजेता गोर्खा ब्वाइजले नगद ३ लाखमा चित्त बुझायो । विस्तृत विवरण आउन बाँकी छ ।