काठमाडौं । नेपाल टेलिकमले आजबाट देशभर फोरजी सेवा सुरु गर्ने भएको छ । अतयन्तै महत्त्वकांक्षी मानिएको टेलिकमको फोर जीरएलटीई सेवाको नेटवर्क आजदेखि विस्तार गरिदैंछ । यसअघि १७ पुस ०७३ देखि काठमाडौं र पोखरामा मात्र यो सेवा सञ्चालन गरेको टेलिकमले त्यसको झण्डै ३ वर्षपछि सातै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको महत्त्वकांक्षी फोरजी सेवाको बुधबार औपचारिक रूपमा शुभारम्भ गर्नुहुनेछ । बुधबार साँझ ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकैपटक भिडियो कल गरेर सेवा विस्तारको औपचारिक उद्घाटन गर्ने तय भएको नेपाल टेलिकमले जनाएको छ ।

यो सेवा विस्तारका लागि सरकारले ०७५ माघ २० मा चीनको जेडटीई कर्पोरेसनसँग सम्झौता गरेको थियो । त्यस्तै, हङकङको सीसीएसआईलाई नेटवर्क १ र नेटवर्क २ को जिम्मा दिइएको थियो । यी कम्पनीले १ वर्षभित्रै सबै स्थानमा नेटवर्क विस्तार गरिसक्ने गरी काम गरिरहेको नेपाल टेलिकमको भनाइ छ ।

पहिलोपटक २२ सहरमा फोरजी पु¥याउने लक्ष्य राखिएकोमा बीटीएस स्थापनाको काम धमाधम भइरहँदा नयाँ ठाउँहरू पनि बढिरहेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढीमा फोरजी सेवा सुरु हुने छ ।

त्यस्तै रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत जिल्लाका सदरमुकाममा पनि यो सेवा बुधबार नै सुरु हुने छ । मङ्गलबार यो सूचीमा इलाम पनि थपिएको छ ।

टेलिकमले यसलाई हालको मोबाइल सेवाको स्तरोन्नति मात्र नभएर उच्च क्षमताको भएको दाबी गरेको छ । सबै वस्तीहरूमा सेवा र्पुयाउने गरी संरचना तयार गरिएकाले दीर्घकालसम्म यो महत्त्वपूर्ण रहने टेलिकमको भनाइ छ ।

चौथो जनेरेसनको मोबाइल डाटा सेवा ९फोरजी० उच्च गतिको हुनेछ । नेपाल टेलिकमका अनुसार, यसको न्यूनतम गति नै ३५ एमबी प्रतिसेकेन्डको छ ।

फोरजी सेवाको प्रयोगले उच्च गतिको इन्टरनेट सेवा सञ्चालनमा आएपछि उच्च गतिको मोबाइल ब्रोडब्यान्डमार्फत श्र्रव्यदृश्य तथा विद्युत्तीय माध्यमबाट शिक्षा, स्वास्थ्य, समाजिक सेवाहरू र मनोरञ्जनलगायतका सेवा प्रभावकारी हुने ठानिएको छ । भिडियोलगायतका सेवा प्रवाह गर्न पनि यसबाट सहज हुनेछ बताईन्छ ।