अर्जुनधारा । झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे साना किसान कृषि सहकारी संस्थाले नगरभित्रका विभिन्न संस्थालाई ५० वटा डस्टविन वितरण गरेको छ ।

सामुदायिक उत्तरदायित्व शीर्षकमा सहकारीले साना किसान विकास लघुवित्त वित्तिय संस्था इलाका कार्यालय बिर्तामोडसँगको साझेदारीमा शुक्रबार उक्त डस्टविन वितरण गरिएको हो ।

अध्यक्ष भैरवबहादुर खड्काअनुसार वडा कार्यालय, स्वास्थ्य केन्द्र, विद्यालय, मन्दिरलगायत ३४ वटा संस्थालाई ६२ हजार बराबरको ५० वटा डस्टविन वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख कमला खतिवडा आचार्यले प्राथमिक स्वास्थ्य केन्द्र शनिश्चरेका सिनियर अहेव डम्बरबल्लभ मिश्रलाई डस्टविन हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

संस्था सञ्चालक समितिका अध्यक्ष खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख आचार्य, अर्जुनधारा–६ वडा समितिका अध्यक्ष लोकनाथ गौतम, साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड इलाका कार्यालय बिर्तामोडका प्रबन्धक सुवास गौतमलगायतले मन्तव्यसहित संस्थाको उक्त कार्यको प्रशंसा गरेका थिए ।

समितिका सदस्य भानु मिश्रले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक भूमिनाथ बरालले गरेका थिए ।