अर्जुनधारा । झापाको पुरानो बजार शनिश्चरेमा साप्ताहिक हाट नलागे पनि अत्यावश्यकको सूचीमा रहेको एलपी ग्यास बिक्री गरिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि तय गरिएको दूरी राखेर ग्यास बिक्रेताले बिक्री गरेको हो । ग्यास बिक्रेता पुष्प ओझाका अनुसार शनिबार ४ सय सिलिण्डर ग्यास आएको थियो । सबैमा आधा सिलिण्डर रहेको र मूल्य पनि आधामै बिक्री गरिएको उनले बताए ।

महिला र पुरुषलाई लामवद्ध बनाइ दूरी कायम गरेर बिक्री गरिएको मूल्य ६ सय ८० रुपैयाँ तोकिएको छ ।