दमक । झापाको दमक ५ दिन बन्द गर्ने निर्णय भएको छ । सम्भावित कोराना भाइरसको जोखिम न्यूनिकरणका लागि नगरपालिमा आज भएको सर्वपक्षीय छलफलपछि यस्तो निर्णय भएको हो ।
दमक नगरपालिका, कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिले सर्वपक्षीय छलफल बोलाएको थियो । नगरपालिकाका प्रमुख रोमनाथ ओलीले सबैको सहमतिमा यो निर्णय लिईएको हो ।
अब बुधबार र शनिबार ३ घण्टामात्र अतिआवश्यकीय दैनिक उपभोग्य सामाग्रि विक्री गर्ने पसल खुल्नेछन् । सरकारले तोकेको अतिआवश्यकीय सेवा भने शुचारु नै रहने जनाईएको छ ।
बुधबार र शनिबार ११ बजेदेखि २ बजेसम्म मात्र दैनिक उपभोग्य बस्तु विक्री गर्ने पसल खुल्न पाउनेछन् । तरकारी पसल पनि खुल्न पाउनेछैनन् । यहि नियम तरकारी पनि लागु हुने निर्णय भएको छ । घरदैलोमा विक्रीका लागि भने अनुमति लिएकाहरुले पाउने ओलीले जनाउनुभयो ।
यसले लकडाउन प्रभावकारी बन्ने अपेक्षा लिईएको नगरपालिकाले जनाएको छ । लकडाउनको समयमा हुनसक्ने कालोबजारी अनुगमन गर्ने र त्यस्तो गर्नेलाई कार्वाही गर्ने पनि निर्णय भएको छ । बजारमा मनपरी रहेको छलफलमा आएपछि यस्तो निर्णय भएको हो ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले निर्णयको स्वागत गर्दै यो पालना गर्न सबैसंग आग्रह गरेकछन् । छलफलमा संघीय साँसद महेन्द्रकुमारी सुब्बा, प्रदेश सभा सदस्य अर्जुन राईलगायत स्थानीय सुरक्षा निकायका प्रमुखहरु र राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।