काठमाडौं । आगामी सोमबारसम्म मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन ।

दिउँसोसम्म पूर्वी, मध्य र पश्चिमका पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित चट्याङ र हावाहुरीसहितको असिना पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।

यस्तै आज राति पनि पूर्वी भूभागका केही स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार र सोमबार पनि मुलुका मध्य तथा पश्चिमी क्षेत्रमा हावाहुरीसहित असिना पानीको सम्भावना छ ।