0 Shares

काठमाडौं । आगामी बुधबारसम्म मुलुकका पहाडी भूभागमा क्षणिक वर्षा हुने तथा मुलुकभर तापक्रम बढेर तराई क्षेत्रमा अत्याधिक गर्मी हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर स्थानीय वायुको प्रभावले पहाडी भूभागका केही स्थानमा बदली भए पनि बाँकी भूभागमा मौसम सफा रहने छ ।

दिउँसोसम्म पहाडी भूभागमा आंशिक बदली भई पहाडी क्षेत्रका केही स्थानमा क्षणिक वर्षा हुने महाशाखाले जनाएको छ । यो क्रम बुधबारसम्म जारी रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।