काठमाण्डौ । बंगालको खाडीमा बनेको अम्पोन नामक चक्रवातको असर नेपालमा पनि पर्न थालेको छ ।

यसको असरले अहिले काठमाडौंसहित मध्य र पूर्वी क्षेत्रमा मेघगर्जनसहित मौसम बदली भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

चक्रवातको प्रभावका कारण आजदेखि नेपालमा पनि पानी पर्न थाल्ने र पूर्वी तथा मध्य क्षेत्रमा लगातार पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

लगातार पानी परे पनि ठूलो पानी भने कतै पनि नपर्ने उहाँले बताउनुभयो । पश्चिमको तुलनामा पूर्व र मध्य क्षेत्रमा यसको प्रभाव धेरै पर्ने अनुमान गरिएको छ ।

तर, चक्रवात अघि बढ्ने अनुमान गरिएकोभन्दा अलि फरक तरिकाले अघि बढिरहेको मौसमविद मानन्धरले जानकारी दिनुभयो ।