काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव तथा पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावका कारण आज देशभर सामान्यतया मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौमा आज सामान्यतया मौसम बदली रहने छ । काठमाडौ उपत्यका लगायत देशका विभिन्न ठाउँमा बिहानैदेखि पानी परिरहेको छ ।

पुर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

देशको पुर्वी तथा मध्य भूभागलगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको ।

काठमाडौमा आज बिहानको न्यूनतम तापक्रम १६ दशमलब ५ डिग्री सेल्सियस रहेको छ भने दिउँसोको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

सूर्योदय बिहान ५ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५४ मिनेटमा हुनेछ ।