काठमाडौं । मुलुकभर पश्चिमी र स्थानीय वायुको प्रभावले आज विहानैदेखि विभिन्न स्थानमा वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकमा पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायु र पूर्वी भू-भागमा बनेको निम्न चापिय रेखाको प्रभावले विभिन्न स्थानमा हल्का वर्षा भएको हो ।

महाशाखाले मंगलबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा तीन दिनसम्म नै मुलुकका पूर्वी भू-भागका केही स्थानहरू र मध्य तथा पश्चिमी पहाडी भू-भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको पूर्वानुमान गरेको छ ।

आगामी २४ घण्टासम्म देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।