काठमाडौ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका विभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ ।

मुलुकभर स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभावले मुलुकका विभिन्न भूभागमा दिउँसो वर्षा हुने महाशाखाले जनाएको छ ।

सोमबार बिहान प्रदेश ५ र २ नम्बर प्रदेशका भूभागमा मौसम सफा रहे पनि अन्य स्थानमा सामान्य बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

दिउँसोसम्म भने मुलुकभर नै हावाहुरी, चट्याङसहित नै वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहेको छ । देशको बागमती प्रदेश, गण्डकी प्रदेशका भू–भागमा सामान्य बदली रहेको छ भने प्रदेश १ र कार्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भइ बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको देखिन्छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, बागमती ,गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा सुदुर पश्चिम, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सोमबार प्रदेश १, बागमती, गण्डकी, र कर्णाली प्रदेशहरुमा सामान्य बदली तथा बाँकी प्रदेशका भू–भागहरुमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश २ र प्रदेश ५ र सुदुर पश्चिमका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

मंगलबार पनि प्रदेश १, गण्डकी, बाग्मती, कर्णाली, सुप प्रदेशमा सामान्य बदली तथा प्रदेश २ र ५ मा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली, सुप, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

बुधबार देशभरि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली, सुदूरपश्चिम प्रदेश, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।