बिर्तामोड । झापाका जिम सञ्चालकले आफ्नो पेशा व्यवसाय नियमित सञ्चालन गर्न पाउनु पर्ने माग राख्दै मौन प्रदर्शन गरेका छन् ।लक डाउनका कारण सरकारले जिमखाना बन्द गरेपछि उनीहरु मौन प्रायः थिए ।

तर, लक डाउन लम्बिदै जाँदा उनीहरुले आवश्यक स्वास्थ्य सुरक्षासहित पेशा व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग राखेका हुन् ।

जिम तथा फिटनेस व्यवसायी संघ झापाको अग्रसरतामा मंगलवार बिर्तामोडमा प्रदर्शन भएको छ । गरिखान पाउने हक सुनिश्चितताको लागि अधिकार अभियानका रुपमा आफूहरुले प्रदर्शनमा उत्रिएर सरकारको ध्यानाकर्षण गराउन खोजेको ग्यालेक्सी फिटनेसका सञ्चालक चन्द्र राना लाफाले बताए ।

‘जिम तथा फिटनेसले रोगसँग लड्ने क्षमता बढाउँन भएकाले जिमखाना तथा फिटनेस सेन्टर माथिको बन्देज अनावश्यक रहेको उनको भनाइ छ ।

झापामा ३० भन्दाबढी जिमखाना तथा फिटनेस सेन्टर सञ्चालनमा रहेको छ ।