झापा । झापामा सूर्यमुखी फूलको खेतीलाई व्यवसायिक रुपमा गर्न थालिएको छ । तेलहनबालीका रुपमा झापा गाउँपालिकाका कृषकले सूर्यमुखी फूलको व्यवसायिक खेती गर्दै आएका हुन् ।

केही वर्ष अघिसम्म घर सजावटका लागि मात्रै करेसावारीमा एक दुई बोट सूर्यमुखी फूल रोप्नेहरुले अहिले कम्तीमा ५ कठ्ठासम्म यसको खेती गर्दैै आएका छन् ।

खेती गर्न सजिलो र उत्पादन राम्रो हुने भएपछि कृषक सूर्यमुखी खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । अहिले कृषकले लगाएको सूर्यमुखी ढकमक्क फुलेको छ भने कतिपय ठाउँमा बाली उठाउने बेला भएको छ ।

तोरीभन्दा सूर्यमुखीको उत्पादन बढी हुने र तेलपनि बढी आउने भएपछि अधिकांश कृषकले सूर्यमुखी फूलको खेती गर्न थालेका हुन् ।

हाल झापामा एकसय भन्दा बढी किसानले एक सय विघामा जमीनमा सूर्यमुखी खेती गर्दे आएका छन् ।