0 Shares

काठमाडौं । मनसुनी वायुको प्रभावसँगै मुलुकका विभिन्न भूभागमा अहिले वर्षा भइरहेको छ ।

महाशाखाकाअनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ।

महाशाखाकाअनुसार देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आगामी २४ घण्टामा भारी वर्षासँगै बिभिन्न क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल एवं पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।