अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले विश्वव्यापी प्रकोपको रुपमा फैलिएको सलह कीराबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि कृषक उत्साहित कार्यक्रम अघि सारेको छ ।

नगरले कीराबाट कृषि क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्न नगरको जुनसुकै क्षेत्रबाट सलह कीरा पक्रने कृषकलाई प्रतिकेजी एक सय रुपैयाँका दरले खरिद गर्ने भएको नगरले जनाएको हो ।

नगरले खरिद गरेको सलह कीरा नगरको कृषि शाखाले प्रतिकेजी ५० रुपैयाँका दरले दाना उद्योगलाई दिने निणर्य गरेको जनाइएको छ । सलह कीरा जोखिम न्यूनीकरणका लागि नगरले चालु आर्थिक बर्षमा ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।