अर्जुनधारा । झापाको पुरानो बजार शनिश्चरे अब साँझ ५ बजेसम्म खुल्ने भएको छ । भोलि बुधबारदेखि बिहान ७ बजेदेखि ५ बजेसम्म बजार खुल्ने भएको हो ।

कोरोना भाइरसको महामारीमा लकडाउन खुकुलो बनाइँदा यसअघि दिउँसो २ बजेसम्म मात्र बजार खुलाइँदै आएको थियो ।

अर्जुनधाराका व्यापारी, राजनीतिक दल, सरोकारवालासँग बसेको एक भेलाबाट साँझ ५ बजेसम्म बजार खुलाउने आन्तरिक सहमति गरेको अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले जानकारी दिए ।