काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्जाको ब्याज तिर्ने समय थप गरेको छ । केन्द्रीय बैंकले कोरोना प्रभावित क्षेत्रहरुलाई ६ महिनादेखि असिमित अवधिसम्मका लागि कर्जाको सावाँ(ब्याज तिर्ने अवधि थप गरेको हो ।

मौद्रिक नीतिमार्फत् गरिएको व्यवस्थाअनुसार कर्जा चुक्ता गर्न २०७७ असार मसान्तसम्मको अवधि रहेकामा त्यसको म्याद २०७७ पुस, २०७७ चैत र २०७८ असार मसान्तसम्म कायम गरेको हो ।

जसअनुसार सामान्य प्रभाव परेको क्षेत्रका लागि पुस मसान्तसम्मलाई अल्पकालिन कर्जाको म्याद थप गरिएको हो । यसैगरी मध्यम प्रभाव परेका क्षेत्रले कर्जाको किस्ता तथा ब्याज चैत मसान्तसम्म तिरिसक्नु पर्नेछ ।

अति प्रभावित क्षेत्रलाई कर्जाको म्याद एक वर्ष थप गरिएको छ । पर्यटन, होटललगायत क्षेत्रका लागि भने कर्जाको किस्ता तथा ब्याज तिर्ने अवधि भने त्योभन्दा बढी हुनेछ ।