झापा । झापाको व्यापारिक केन्द्र मानिने बिर्तामोडमा चिस्यान केन्द्र निर्माण हुने भएको छ ।

बिर्तामोडका सिटौला परिवारले एक कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएपछि बिर्तामोड नगरपालिकाको वडा नं ७ गरामनीमा चिस्यान केन्द्र निर्माण हुन लागेको हो ।

स्थानीय समाजसेवी देवीभक्त सिटौलाको सम्झनामा उनकी धर्मपत्नी पद्मादेवी सिटौला, छोराहरू भक्ति ,एलपी र रमेश सिटौलाले चिस्यान केन्द्र निर्माणका लागि जग्गा दिनुभएको हो ।

संस्थाका कर्मचारी ओम खरेललाई बुधबार जग्गाको धनीपूर्जा हस्तान्तरण गरिएको छ ।

चिस्यान केन्द्र निर्माण भएपछि कृषकले उत्पादन गरेका दूध, तरकारी, फलफूल लगायतका सामग्री त्यहीँ राखिने छ ।

दुग्ध विकास संस्थानको आर्थिक सहयोगमा चिस्यान केन्द्र निर्माण हुन लागेको हो । भवन निर्माणका लागि भने बिर्तामोड नगरपालिकाले आर्थिक सहयोग गर्ने बताइएको छ ।