झापा । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज मध्य राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १र१ रुपैयाँ बढाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

मूल्य वृद्धिपछि पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ, डिजेलको ९१ र मटितेल ९१ रुपैयाँ कायम भएको छ ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।