काठमाडौँ । सुनको भाउ फेरि एक लाख नाघेको छ । मंगलबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला एक लाख ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबारको तुलनामा सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको हो । सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै नेपाली बजारमा मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

सोमबारको तुलनामा चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार एक हजार ३ सय ८० रुपैयाा पुगेको छ ।

यसअघि लगातार सुनको मूल्य बढे पनि केही दिनअघि फेरि घटेको थियो । गत साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसपछि सुनको भाउ विस्तारै घट्न थालेको थियो । साउन २८ गते नेपाली बजारमा सुनको भाउ एकैदिन ६ हजार २ सय रुपैयाँले घटेको थियो ।

कोरोना महामारीका बीच अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आएसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।