झापा । आज (शनिबार) मुलुकका केही स्थानमा मौसममा सामान्य बद्ली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

केही स्थानमा भने मेघगर्जनसहित वर्षा हुने जनाइएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको मौसमविदहरुले बताएका छन् ।

अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदलीको रहेको छ भने केही स्थानमा वर्षा भइरहेको छ । हाल भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा रहेको विभागले जनाएको छ ।