धनकुटा । धनकुटामा कोरोना महामारीका कारण आर्थिक समस्या परेको भन्दै घरधनीहरुले घरभाडामा छुट दिएका छन् । ३२६ जना घर धनीहरुले लकडाउनका कारण व्यापार व्यावसाय ठप्प हुदा समस्यामा परेकाहरुलाई घर भाडा छुट दिएका हुन् ।

धनकुटा उद्योग वाणिज्य संघको अगुवाइमा उनीहरुले ५ महिनासम्म घरभाडा छुट गर्ने भएका हुन् । धनकुटा हिले, सिधुवालगायतका बजारका घरधनीहरुले सटर, कोठा र घर भाडा छुट गरेको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिनुभयो ।